सिभिल बैंकको शेयरधनीले एकै पटक दुई वर्षको लाभांश पाउने, बैशाख २७ गते साधारण सभा आह्वान

0
Shares

सिभिल बैंकका शेयरधनीले एकै पटक दुई आर्थिक वर्षको लाभांश पाउने भएका छन् । हालसम्म आर्थिक वर्ष २०७३/७४ को एजिएम नगरेका बैंकले ०७४/७५ को सहित एकैपटक २७ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे सभा आह्वान गरेको छ।

बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख १० गते मंगलबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार बैशाख ९ गते सोमबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् । बैंकको शेयरमूल्य बैशाख २ गते सोमबार प्रतिकित्ता १६३ रुपैयाँ रहेको छ ।

सातौं र आठौं साधारण सभाले क्रमश आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस तथा ०७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश गरि कूल १४.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभामा संस्थापक र साधारण शेयरधनीको तर्फबाट ३/३ जना गरि ६ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।