फागुन अन्तिम साता आईपिओ निकालेको स्पर्स लघुवित्तले कति कमायो नाफा ?

0
Shares

स्पर्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा ५६ लाख १४ हजार नोक्सानी व्यहोरेको थियो।

आईपिओ बिक्री पश्चात स्पर्स लघुवित्तको ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको छ। लघुवित्तकोे जगेडा कोष समेत ६२ लाख ५३ हजारले धनात्मक बनेको छ । गत वर्ष यसै अवधिमा जगेडा ५५ लाख ऋणात्मक थियो।

१३ करोड ८८ लाख निक्षेप संकलन र ५९ करोड ९४ लाख सापटीबाट ७५ अर्ब ३८ करोड बढी कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ८४ लाख ६७ हजार सञ्चालन नाफा आर्जन गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ५४ पैसा, निस्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत छ।

लघुवित्तले गत फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ लाख ६३० कित्ता आईपिओ निष्काशन गरि चैत १० गते बाँडफाँड गरेको थियो। कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।