शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका १६ वाणिज्य बैंकको नाफा यस्तो

0
Shares

शुक्रबार १६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेका छ । आज वित्तीय विवरण सार्वजनिक गरेका १६ बैंकहरुको प्रथम त्रैमासमागत आवको यसै अवधिको तुलनामा १ अर्ब रुपैयाँले नाफा घटेको हो ।

गत आवको पहिलो तीन महिनमा १६ वाणिज्य बैंकले ८ अर्ब ९३ करोड २८ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको यसै अवधिमा ७ अर्ब ९२ करोड ७१ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएका हुन् ।

शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, र एनआईसी एशिया बैंकको मात्र नाफा बढेको छ भने १२ बैंकको नाफा घटेको छ ।

अघिल्लो आवको यसै अवधिको चालु आवमा यस्तो परिवर्तन देखिएको छ । हेर्नुहोस् तालिकाः-

बैंक  खुद नाफा (करोडमा)  
प्रथम त्रैमास २०७७/७८ प्रथम त्रैमास २०७६/७७ थप/घट
हिमालयन बैंक   36.5914 69.4222 -32.8308
नेपाल इन्भेष्टमेन्ट बैंक 62.3814 84.4421 -22.0607
स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल 40.1371 64.4112 -24.2741
कृषि विकास बैंक  46.1469 59.9024 -13.7555
नेपाल बंगलादेश बैंक 57.1181 40.2521 16.866
सनराइज बैंक 38.2977 45.4367 -7.139
सेञ्चुरी कमर्सियल बैंक 22.0259 37.0815 -15.0556
नेपाल एसबिआई बैंक 20.0502 43.7231 -23.6729
मेगा बैंक 60.7904 43.7408 17.0496
सिद्धार्थ बैंक 50.064 52.1439 -2.0799
एनएमबि बैंक 73.297 27.1845 46.1125
एनसीसी बैंक 33.4587 34.0343 -0.5756
लक्ष्मी बैंक 31.2372 40.1946 -8.9574
राष्ट्रिय वाणिज्य बैंक 82.9245 112.7537 -29.8292
एनआइसी एसिया बैंक 102.1009 100.9605 1.1404
माछापुच्छ्रे बैंक 36.0909 37.6005 -1.5096
कूल  792.7123 893.2841 -100.5718