आठ विकास बैंकले तीन महिनामा कमाए ८० करोड, खुद नाफा ६०.१८% बढ्यो

0
Shares

शुक्रबारसम्म आठ विकास बैंकले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका ६ बैंकको नाफा बढेको छ भने २ बैंकको नाफा घटेको छ ।

यस अवधिमा ती बैंकले ७९ करोड ८१ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको यसै अवधिमा ४९ करोड ८३ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकामा समीक्षा अवधिमा ६०.१८ प्रतिशत अर्थात २९ करोड ९८ लाख ७२ हजार रुपैयाँले खुद नाफा बढाएका हुन् ।

असोज मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने नारायणी डेभलपमेन्ट बैंकले ४७ लाख ५ हजार नोक्सानीमा रहेको छ ।

प्रतिशेयर आम्दानीका आधारमा वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी ३१.५१ रुपैयाँ पुगेको छ । बैंकले गैर सञ्चालन आम्दानीबाटै २० करोड नाफा आर्जन गर्दा प्रतिशेयर आम्दानीमा उच्च बढोत्तरी भएको हो ।

नारायणी डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ७.१७ रुपैयाँ ऋणात्मक छ भने सिन्धु विकास बैंक पनि ४.३३ रुपैयाँले ऋणात्मक छ ।

 

विस्तृत विवरण तालिकामा हेरौं:-

विकास बैंक खुद नाफा (लाखमा)
प्रथम त्रैमास २०७७/७८  प्रथम त्रैमास २०७६/७७  थप/घट
सहारा विकास बैंक 64.73 24.03 40.70
मुक्तिनाथ विकास बैंक 2941.60 2287.65 653.95
नारायणी विकास बैंक -47.05 11.08 -58.13
महालक्ष्मी विकास बैंक 1597.81 1068.76 529.04
सिन्धु विकास बैंक -241.50 46.47 -287.97
तिनाउ मिसन डेभलपमेन्ट बैंक 548.02 391.14 156.89
कामना सेवा विकास बैंक 2001.16 186.51 1814.65
लुम्बिनी विकास बैंक 1117.19 967.60 149.59
कूल 7981.97 4983.25 2998.72

 

प्रथम त्रैमासमा यस्तो छ विकास बैंकको प्रतिशेयर आम्दानी:-

 

विकास बैंक प्रतिशेयर आम्दानी (रुपैयाँमा) 
प्रथम त्रैमास २०७७/७८  प्रथम त्रैमास २०७६/७७  थप/घट
कामना सेवा विकास बैंक 31.51 2.94 28.57
मुक्तिनाथ विकास बैंक 27.21 29.86 -2.65
महालक्ष्मी विकास बैंक 20.8 13.92 6.88
लुम्बिनी विकास बैंक 16.45 14.96 1.49
सहारा विकास बैंक 15.84 6.00 9.84
तिनाउ मिसन डेभलपमेन्ट बैंक 12.09 13.67 -1.58
सिन्धु विकास बैंक -4.33 0.82 -5.15
नारायणी विकास बैंक -7.17 0.42 -7.59

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कात्तिक २०७७, शुक्रबार  १४ : ०६ बजे