पाँच लघुवित्तको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक बाँकी

0
Shares

 

नेप्सेमा सूचीकृत ५१ वटा लघुवित्तमध्ये शुक्रबारसम्म ४६ वटाले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

ग्लोबल आईएमई लघुवित्त, कालिका माइक्रोक्रेडिट लघुवित्त, नेपाल सेवा लघुवित्त, एनआरएन लघुवित्त र सारथी नेपाल लघुवित्तको वित्तीय विवरण सार्वजनिक हुन बाँकी रहेको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका ४६ मध्ये २७ वटा कम्पनीको खुद नाफा बढेको छ भने १९ वटाको खुद नाफा घटेको छ ।

चालु आवको तीन महिनामा ४६ लघुवित्तले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको यसै अवधिमा १ अर्ब १ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ३२.१८ प्रतिशतले घटेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।