वोमी लघुवित्तको शेयर रजिष्ट्रार कुमारी क्यापिटल


वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्ने लागि सम्झौता भएको छ ।

बिहीबार वोमी लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता सँगै वोमी लघुवित्तको शेयर सम्बन्धी सम्पुर्ण कामहरु कुमारी क्यापिटल मार्फत हुनेछन । कुमारी क्यापिटलवाट वमीका शेयरधनीले आबदेखि धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा बितरण) सम्बन्धी सम्पुर्ण कार्यका लागि कुमारी क्यापिटल नागपोखरी १, नक्सालमा सम्पर्क गर्नु पर्नेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।