नेपाल एसबिआई बैंकको लाभांश घोषणा

0
Shares

नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको बिहिबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ३.४७ नगद गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट बैंकले १०.८४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश वितरण गरेकोमा ७.६७ प्रतिशतले लाभांश घटेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाछ स्वीकृत भई र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।