नेप्सेमा एकै दिन थपियो १ करोड ७ लाख ७१ हजार कित्ता सेयर


नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा नियमित कारोबारका लागि सोमबार २ वटा कम्पनीहरुको हकप्रद सेयर सूचीकरण भएको छ ।

नेप्सेका अनुसार नेपाल फाइनान्सको हकप्रदमा बिक्री नभएर लिलामी भएको २ लाख ९९ हजार ५०० कित्ता संस्थापक सेयर सूचीकरण भएको छ । त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रदले हुने १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता सेयर पनि सूचीकरण भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार उल्लेखित २ कम्पनीको कुल १ करोड ७ लाख ७१ हजार ९२ कित्ता सेयर सूचीकरण भएको हो ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार  १६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।