११ महिनामा राहदानी आयातमा बाहिरीयो पौने २ अर्ब रुपैयाँ


काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १ अर्ब ७५ करोड ५२ लाख ४६ हजार रुपैयाँ बराबर रकम राहदानी आयातमा बाहिरिएको छ । विदेश जाने नेपालीहरुलाई वितरण गर्न फ्रान्स, अष्टेलिया र संयुक्त अधिराज्यबाट नेपाल सरकारले ५८ हजार किलोग्राम राहदानी खरिद गर्दा उक्त रकम विदेशीएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा ३ मूलुकबाट ५८ हजार ७७० किलोग्राम राहदानी आयात भएको हो । सो अवधिमा सबैभन्दा बढी राहदानी फ्रान्सबाट आयात भएको छ । ११ महिनामा फ्रान्सबाट मात्र १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको राहदानी आयात भएको हो । संयुक्त अधिराज्य र अष्ट्रेलियाबाट भने क्रमशः ४ हजार र २ हजार रुपैयाँ बराबरको राहदानी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार  ०७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।