९ किलोमिटर सडक कालोपत्र,पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य


दमौली । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने ९ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा १ वर्षअगावै सडक कालोपत्र भएको छ । कार्यालयले ३६ करोड ६२ लाख ९१ हजार रुपैयाँमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

रानीटारीबाट घुम्तीसम्मको दूरी ९।२ किलोमिटर छ । त्यसमध्ये ७।३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छभने १।९ किलोमिटर ढलान गरिएको छ । रासस

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।