एक हजार रुपैयाँको नोट छपाईका लागि मन्त्रीपरिषदले स्वीकृत गर्यो डिजाइन


नेपाल राष्ट्र बैंकले प्रकाशन गर्न लागेको एक हजार रुपैयाँको नयाँ नोटको डिजाइन तथा आकारलाई सरकारले स्वीकृति दिएको छ । मन्त्रीपरिषद बैठकले नयाँ नोटको चित्र र आकारलाई स्वीकृत गरेको हो ।

“नेपाल राष्ट्र बैंकबाट रु एक हजार दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय छ”, बुधबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएर पदभार ग्रहण गरेकै दिन गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो पहिलो निर्णयमा एक हजार र पाँच सय रुपैयाँका नयाँ नोट छाप्ने भनेका थिए ।

५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको निर्णय

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  १७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।