मेटलाइफको बीमा प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने


मेटलाइफ नेपालले ग्राहकहरुलाई बीमाको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस भनेर अनलाइन भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गरेको छ । यो सहकार्यसँगै अब मेटलाइफका बिमितहरुले सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्ने छन् ।

कनेक्ट आइपीएस सहितका अन्य विद्युतीय भुक्तानी माध्यमहरू ग्राहकको सुविधाको लागि सहजै उपलब्ध हुने मेटलाइफले जनाएको छ । ग्राहकहरूले प्रिमियम भुक्तानीू सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले डिजिटल सेवाहरूको विकल्प खोजि भईरहेका बेला कनेक्ट आइपीएससँग साझेदारी गर्न पाउँदा खुसी भएको बताए ।

सन् २००१ देखि अमेरिकामा संचालित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा मेटलाइफ सञ्चालित छ । मेटलाइफ सहयोगी कम्पनी रुपमा नेपालमा मेटलाइफले उपभोक्ता र व्यवसायलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी सुविधाहरू प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।