नेपाल भारत सीमाका भन्सार कार्यालयका प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन अवधि थपियो


भन्सार विभाग र प्रभु बैंकका बीचमा नेपाल भारत सीमामा रहेका भन्सार कार्यालयमा सञ्चालित प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन अवधि थप गर्ने सम्झौता भएको छ ।

भन्सार विभाग र प्रभु बैंकको समन्वयमा नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयमा रहेका एक्सटेन्सर काउन्टर आगामी दिनमा पनि सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व तथा भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालनको अवधि पुरा भएको थियो ।

अवधि सकिएका कार्यालय सञ्चालन अवधि थप गर्ने सम्झौतासँगै निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह हुने प्रभु बैंकले जनाएको छ । नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्पmबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलाप बढ्ने विश्वास बैंकले लिएको छ ।

यसबाट राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्न पाउने बैंकले जनाएको छ । साथै सरकारको राजश्व संकलन प्रक्रिया छिटो छरितो हुने विश्वास पनि बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।