काठमाडौँ । सीजी मोटर्सले ग्ली अटो ग्रुपसँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अब ग्राहकहरूले मात्र ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
रिडारा आरडी–६ २ डब्लुडीमा ६३ किलोवाटरआवर क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले ३७७ किमीको ड्राइभिङ रेन्ज प्रदान गर्छ। ग्लीको म्याप प्लेटफर्ममा आधारित यो पिकअपमा इनडिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ । जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भी २ एल प्रविधि जडान गरिएको छ । जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, कम्फर्ट, इकनोमी, अफरोड जस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलइडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक अफर, निःशुल्क एसेसोरीहरू र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप–अप बोनस पाउनेछन्।
सीजी मोटर्सले २६० चार्जिङ स्टेसनहरू र २० सेवा केन्द्रहरू नेपालको विभिन्न भू–भागमा संचालनमा ल्याएको छ । जसले रिडारा आरडी–६ मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।
चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक ग्लीद्वारा निर्माण गरिएको रिडारा आरडी ६ अहिले चीनमै ईभी पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ र भविष्यमुखी विकल्प बनेको छ।












प्रतिक्रिया