एनआईसी एशिया बैंकको साधारण सभा आज, २० प्रतिशत लाभांश अनुमोदन हुँदै

0
Shares

एनआइसी एशिया बैंक (NICA) ले मंसिर २१ गते आइतबार (आज) आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक २६ बसेको बैठकले मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित रजिष्टर्ड कार्यालयमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो । कोरोना संक्रमणका कारण बैंकले शेयरधनीलाई सभामा भर्चुअल माध्यमबाट सहभागिता जनाउन सक्नेगरी व्यवस्था मिलाएको छ ।

एनआईसी एशिया बैंकले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १० गतेदेखि साधारण सभाको मितिसम्म शेयरधनी दाखिला खारेज (बुकक्लोज) गरेको छ । यसअनुसार मंसिर ९ गतेसम्म बैंकको शेयर खरिद गरी कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।

हाल ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५६८ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १ अर्ब ८४ करोड ६३ लाख ५३ हजार ७९८ रुपैयाँको बोनस पश्चात चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँ पुग्नेछ।

सम्बन्धीत थप समाचारः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।