काठमाडौँ । पछिल्लो समय नेपालबाट हुने छुर्पीको निर्यात उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा १५ अर्ब ९८ करोड रूपैयाँको छुर्पी विदेश निर्यात भएको हो ।
विशेषगरी कुकुर र बिरालोको स्वास्थ्यवर्दक खाना (पेट फुड) को रुपमा अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै यसको निर्यात बढेको हो । दुधबाट बनाइने उक्त छुर्पीको नेपालमा पनि उच्च माग छ । नेपालमा विशेषगरी पहाडी जिल्लाका किसानहरुले छुर्पी उत्पादन गरी आन्तरिक तथा विदेशी बजारमा आपूर्ति गर्दै आएका छन् ।
यस्तै अमेरिका, क्यानडा ललगायत २७ वटा मुलुकमा छुर्पी निर्यात हुने विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार नेपालको छुर्पीको सबैभन्दा ठुलो बजार संयुक्त राज्य अमेरिका रहेको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ५१ करोड ४० लाख ९७ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो । यस अवधिमा २६ लाख १० हजार ६७ केजी निर्यात भएको जनाएको छ । गत आवमा अमेरिका मात्रै २ अर्ब १३ करोड ६५ लाख ६० हजार रुपैयाँको ३९ लाख २७ हजार १२ केजी छुर्पी निर्यात भएको विभागको तथ्यांक छ । दोस्रोमा क्यानडामा १७ करोड २८ लाख ६७ हजार रुपैयाँको ३ लाख ६७ हजार ८९३ केजी निर्यात भएको छ ।
अघिल्लो आव २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो । यस अवधिमा १६ लाख ४६ हजार ८८७ केजी निर्यात भएको जनाएको छ । उक्त आवमा अमेरिका मात्रै २ अर्ब ७६ करोड १३ लाख ९३ हजार रुपैयाँको १४ लाख ३५ हजार ८५३ केजी छुर्पी निर्यात भएको विभागको तथ्यांक छ । दोस्रोमा क्यानडामा २६ करोड ६३ लाख ८९ हजार रुपैयाँको १ लाख २३ हजार ८२२ केजी निर्यात भएको छ ।
आव २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको १७ लाख ८६ हजार ११२ केजी छुर्पी निर्यात भएको छ । यसमध्ये अमेरिकामा मात्रै २ अर्ब ९६ करोड ७६ लाख २६ हजार रुपैयाँको १५ लाख २६ हजार ४४३ केजी निर्यात भएको छ । भने क्यानडामा २९ करोड ४२ लाख ३५ हजार रुपैयाँको १ लाख ४४ हजार ५३२ केजी निर्यात भएको छ ।
आव २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको १७ लाख ४४ हजार ४५१ केजी छुर्पी निर्यात भएको छ । यसमध्ये अमेरिकामा मात्रै २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको १३ लाख ५८ हजार ६०५ केजी निर्यात भएको छ । भने क्यानडामा ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँको १ लाख ५० हजार १७ केजी निर्यात भएको छ ।
आव २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९ सय ९८ किलो छुर्पी निर्यात भएको उल्लेख छ ।
सबैभन्दा धेरै अमेरिकामै निर्यात भएको छ । अमेरिकामा १ अर्ब ७० करोड १३ लाख ५९ हजार रुपैयाँको १० लाख ३२ हजार १ सय ७ किलो निर्यात भएको छ । दोस्रोमा क्यानडामा १६ करोड १३ लाख ९१ हजार रुपैयाँको ८४ हजार १ सय ३ किलो निर्यात भएको विभागको तथ्यांक छ ।
परम्परागत नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउँदै देशको व्यापार घाटा कम गर्न समेत मद्दत पर्याइरहेको छ ।












प्रतिक्रिया