सेञ्चुरी बैंकको स्मार्ट टेलर सञ्चालनमा

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) ले मंसिर २१ गतेबाट स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । यस स्मार्ट टेलर सञ्चालनबाट सेञ्चुरी पे मोबाइल एप बाट क्यू आर कोड स्क्यान गरी नगद झिक्न/निकाल्न सकिने छ ।

बैंकले ग्राहकहरुको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागू हुने जनाइएको छ ।

निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिर समेत लागू गरिने बैंकले जनाएको छ ।

यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेबिट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।