लक्ष्मी प्रिमियमले सुरु गर्यो २ करोड बढी मूल्य पर्ने बिएमडब्ल्यूका गाडीको बिक्री


नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू ब्राण्डका गाडीको बिक्री बितरण सुरु गरेको छ । जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गर्दै बजार प्रवेश गरेको हो ।

काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको सोमबारदेखि औपचारिक सुरुवात गरिएको हो । यस अघि नै लक्ष्मी प्रिमियिमले बिएमडब्ल्यूका ११ वटा गाडीहरु बिक्री गरिसकेको छ ।

बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुम सहित प्रिमियम कारको अपेक्षा राख्ने नेपाली ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’ को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको बताए । ‘नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन्’ उनले भने ।

लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यका साथ बिएमडब्ल्यू नेपाल भित्रिएको बताए । ‘हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं’ श्रेष्ठले भने ‘हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ ।’

ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउने श्रेष्ठले बताए । विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने शोरुममा रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने उनले बताए । एसयुभी सेगमेण्टका एक्स वन, एक्स टु, एक्स थ्री, एक्स फाइभ (प्लग इन हाइब्रिड) गाडीहरूको नेपाली बजार मूल्य क्रमशः एक करोड ९० लाख, दुई करोड, दुई करोड २४ लाख र ४ करोड १६ लाख रूपैयाँ पर्ने श्रेष्ठले जानकारी दिए । उनका अनुसार औपचारिक रुपमा कार बिक्री सुरु गर्नु पहिले नै बिएमडब्ल्यूका ११ वटा गाडी बिक्री भैसकेको छ ।

अहिलेको विषम परिस्थितिमा “कनट्याक्ट लेस” टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने लक्ष्मी प्रिमियमले जनाएको छ । यसका लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने बताइएको छ । टेष्ट ड्राइभमा छनोट गरेको वा खरिद गरेको कार पूर्णत सेनिटाइज गरि तोकिएको स्थानमा डेलिभरी दिने लक्ष्मी प्रिमियमले जनाएको छ ।

बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्री पछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी, उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’ को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहो¥याउने अपेक्षा गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।