वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थपियो


काठमाडौँ । वरुण हाइड्रोपावरले गत असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब भदौ ३ गतेसम्म आवेदन दिन सकिने भएको हो।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। यसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।