काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब बढी राजस्व संकलन गरेको छ । महानगरको कुल आम्दानी बढेपनि आन्तरिक स्रोतबाट हुने राजस्व संकलन भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
महानगरपालिकाले गत वर्ष १० अर्ब ७४ करोड ४४ लाख ५४ हजार ३१३ रुपैयाँ राजस्व संकलन गरेको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ तुलनामा ९ करोड ७७ लाख ४१ हजार ९९९ रुपैयाँले बढी हो । जुन ०.९२ प्रतिशत मात्र वृद्धि हो । अघिल्लो आर्थिक वर्ष महानगरले १० अर्ब ६४ करोड ६७ लाख १२ हजार ३१३ रुपैयाँ राजस्व उठाउन सफल भएको थियो ।
आन्तरिक राजस्वमा कमी
कुल राजस्वमा सकारात्मक वृद्धि देखिएपनि महानगरकोे आफ्नै स्रोतबाट उठ्ने आन्तरिक राजस्वमा भने कमी आएको छ । महानगरले आन्तरिक राजस्वतर्फ गत वर्ष ५ अर्ब ९५ करोड ९० लाख ९७ हजार ८०८ रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ९ करोड १७ लाख ६१ हजार ३५८ रुपैयाँ कम हो, अर्थात् १.५२ प्रतिशतको गिरावट हो । अघिल्लो आव २०८०/८१ मा महानगरले ६ अर्ब ५ करोड ८ लाख ५९ हजार १६७ आन्तरिक राजश्व संकलन भएको थियो । यद्यपि महानगरले व्यवसाय दर्ता, सम्पत्ति कर, र घरबहाल कर जस्ता शीर्षकमा भने राजस्व बढाएको छ ।
बाँडफाँटबाट हुने राजस्व बढ्यो
आन्तरिक राजस्व घटेपनि संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटमा आएको वृद्धिले महानगरको कुल आम्दानी बढेको हो । महानगरपालिकाले बाँडफाँटबाट प्राप्त गर्ने राजस्व अघिल्लो आवको तुलनामा गत वर्ष बढी प्राप्त गरेको छ । महानगरले बाँडफाँटबाट गत वर्ष २ अर्ब ३५ करोड १४ लाख ९६ हजार २५० रुपैयाँ प्राप्त गरेको छ । जुन अघिल्लो आवको तुलनामा १० करोड ९६ लाख ७ हजार ७२१ रुपैयाँ अर्थात् ४.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा २ अर्ब २४ करोड १८ लाख ८८ हजार ५२९ रुपैयाँ मात्र प्राप्त गरेको थियो ।
महानगरले गत आव आन्तरिक अनुदान वापत २ अर्ब ४३ करोड ३८ लाख ६० हजार २५३ रुपैयाँ प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ७ करोड ९८ लाख ९५ हजार ६३६ रुपैयाँ अर्थात् ३.३९ प्रतिशत बढी अनुदान प्राप्त गरेको हो । अघिल्लो आव २ अर्ब ३५ करोड ३९ लाख ६४ हजार ६१७ रुपैयाँ अनुदान प्राप्त भएको थियो ।
कुन शीर्षकमा कति राजस्व संकलन भयो ?












प्रतिक्रिया