सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५५.६५ अमेरिकी डलर र चाँदी ३८.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।