काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । मंगलबारदेखि सुनको मूल्यमा लगातार ओरालो लागेको हो ।
मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको सुनको मूल्य आज बुधबार १६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घटेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१९.६ अमेरिकी डलर र चाँदी ३७.२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया