काठमाडौँ । ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज गर्दैछन्।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले गत आर्थिक वर्षका लागि १५ –१५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत प्रतिफल वितरण गर्नेछ।












प्रतिक्रिया