काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीयका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकहरुलाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिएको हो।
यसअघिको निर्देशनमा सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको विवरण बैंकहरुलाई आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको थियो।












प्रतिक्रिया