लक्ष्मी बैंकले पुस २८ गते डाक्यो साधारण सभा, साढे ११ % लाभांश अनुमोदन हुने

0
Shares

लक्ष्मी बैंक (LBL) ले पुस २८ गते मंगलबार, बैंकको २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको पुस ६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११:३० बजे सभा बोलाउने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण बैंकले भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने भएको छ ।

उक्त सभाले बैंक सञ्चालक समितिको मंसिर २९ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित २.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते शुक्रबार शेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।