काठमाडौँ । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्न र शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो । कम्पनी २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको, नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने, यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ ।












प्रतिक्रिया