पुनर्बीमा कम्पनीले बिना लाभांश डाक्यो एजिएम, यसकारण बाँडेन लाभांश

0
Shares

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले बिना लाभांश कम्पनीको पाँचौँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक समितिको पुस ७ गते सम्पन्न ३१३ औँ बैठकले पुस २९ गते बुधबार कार्की व्याङ्केट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका २०७१ को दफा १२ मा भएको व्यवस्था अनुसार पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्नेु हुन्छ । सोही व्यवस्था अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई नगद तथा बोनस लाभांश वितरण नगर्ने भएको हो ।

अघिल्लो आर्थिक वर्षबाट लाभांश वितरण गर्न नसकेपनि गत आर्थिक वर्ष २०७६/७७ को साधारण सभाबाट भने कम्पनीले शेयरधनीहरुलाई नगद तथा बोनस शेयर वितरण गर्ने बाटो खुला हुनेछ ।

२०७१ सालमा स्थापना भएको यस कम्पनीले आर्थिक वर्ष २०७५।७६ सम्ममा ५ पूरा हुन्छ। कम्पनी स्थापना भएको पाँच वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राखिसकेपछि भने कम्पनीको वित्तीय अवस्था र सञ्चालक समितिको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्न कानुनी बाटो खुल्नेछ।

उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै सभामा कम्पनीले आर्थिाक वर्ष २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते बिहीबारदेखि बुकक्लोज गर्ने जनाएको छ । यसअनुसार पुस १५ गते बुधबारसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार  ०९ : ४९ बजे