नेशनल माइक्रोफाइनान्सको खुद नाफा ५३ प्रतिशत बढ्यो, जगेडा कोषमा आर्कषक बढोत्तरी

0
Shares

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२८ प्रतिशतले खुद नाफा बढाएको छ। माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा १३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्ष माइक्रोफाइनान्सको नाफा ८ करोड ५७ लाख खुद नाफा कमाएको थियो। चुक्ता पूँजी स्थिर रहेको कम्पनीको प्रतिशेयर आम्दानी पनि ५३ प्रतिशत भन्दा धेरैले बढेको छ । अघिल्लो असारमा ५६ रुपैयाँ ८४ पैसा रहेको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ १२ पैसा कायम भएको छ।

चुक्ता पूँजी १५ करोड ८ लाख भन्दा ८३ हजार रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ सञ्चित रकम पुगेको छ ।
एक अर्ब २८ करोड निक्षेप संकलन तथा दुई अर्ब २८ करोड बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर तीन अर्ब ६६ करोड बराबरको कर्जा लगानी गरेको कम्पनीले २६ करोड ६४ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको खराब कर्जा अनुपात भने बढेर १.४३ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.९८ गुणा छ ।