मर्जर एक्वीजिसन सम्बन्धीका खबरमा आधिकारिकता छैन – सिद्धार्थ बैंक

0
Shares

सिद्धार्थ बैंक (SBL) ले संचारमाध्यममा आएका मर्जर एक्वीजिसन सम्बन्धी खबरहरुमा कुनै आधिकारिकता नरहेको बताएको छ ।

बैंकले केहि अनलाइन पत्रिका सहित विभिन्न संचारमाध्यमा आएका सिद्धार्थ बैंक र अन्य बैंक वित्तीय संस्थाबीच मर्जर तथा एक्वीजिसन सम्बन्धी प्रकाशन भएका खबरहरुप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले यस्ता खबरहरुमा कुनै आधिकारिकता नभएको र भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

बजारमा नबिल बैंक र सिद्धार्थ बैंक मर्जरमा जाने हल्लाहरु फैलिएका थिए । यो हल्लाका आधारमा दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयरमा चलखेल समेत भएको पाइएको छ । पछिल्लो समयमा नबिल बैंकसँग सिद्धार्थ बैंक र एनसीसी बैंक लगायतका बैंकहरु मर्जरमा जाने हल्लाहरु शेयर बजारमा फैलिएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।