युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद बिक्रीका लाग्यो तोक्यो बुक क्लोज

0
Shares

 

युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेकोे छ । कम्पनीले साउन १४ गते बुक क्लोज गर्ने जनाएको छ ।
तसर्थ, साउन १३ गतेसम्म कायम रहने इन्स्योरेन्सका शेयरधनीहरु मात्र उक्त हकप्रद भर्न योग्य हुनेछन् ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गनुपर्ने बाध्यतामा रहेको कम्पनीले ठूलो परिमाणमा हकप्रद जारी गर्न लागेको हो । कम्पनीले एक सय रूपैयाँ अंकित दरमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्नेछ।

युनाइटेडको हाल चुक्ता पुँजी ३० करोड २४ लाख छ । २४० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँनी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।