लोक सेवा आयोगले विभिन्न पदमा माग्यो ९ सय कर्मचारी

0
Shares

प्रदेश लोक सेवा आयोग, वागमती प्रदेश हेटौंडाले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समुहका पाँचौ तहका पदहरुमा आवेदन खुला गरेको छ ।

आयोगले अप्राविधिक तर्फ १२८ जना , प्राविधिक तर्फ ६२७ जना , स्वास्थ्य सेवाको आ.प्र. तर्फ १ जना र स्वास्थ्य सेवाको खुला तर्फ १४४ जना गरि जम्मा ९ सय पदका लागि आवेदन माग गरेको हो ।

आयोगका अनुसार रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परिक्षाद्धारा परिपूर्ती गरिनेछ ।

कुन पदका लागि कति शैक्षिक योग्यता ?

स्वास्थ्य/फार्मेसी/फार्मेसी सहायक: मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा प्रमाणपत्र तह उतिर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै, प्रशासन/सामान्य प्रशासन: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र तह वा सो सरह उतिर्ण हुनुपर्नेछ ।

यसैगरी प्रशासन/लेखा: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन तथा वाणिज्य शाखामा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र गणित वा तथ्याङ्कशास्त्र मध्य कुनै एक मूल विषय लिइ प्रवीणता प्रमाणपत्र वा सो सरह उतिर्ण हुनुपर्नेछ ।

लिखित परिक्षा फागुन ४ गतेदेखि २२ गते सम्म संचालन गरिने आयोगले जनाएको छ ।

उम्मेद्वारले परिक्षा फारम अनलाइनबाट दरखास्त प्रणली मार्फत भर्न सक्नेछन् । आयोगका अनुसार माघ ४ गते सम्म अनलाइन माध्यमबाट दरखास्त दिइ सक्नु पर्ने छ । डबल दस्तुर तिरेर माघ ११ गते आइतबार सम्म पनि आवेदन दिन सकिने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।