दशैं बिदामा पेट्रोलियम पदार्थको सहज बिक्रीका लागि निगमका १३ वटा डिपो खुला रहने


काठमाडौं । नेपाल आयल निगमका कार्यालय तथा डिपो दसैँको बिदामा पनि खुला रहने भएका छन् ।

निगमले सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने जनाएको छ ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।