नेपाली सेनाका विभिन्न ११ पदमा २९४ जनाको लागि भर्ना खुल्यो

0
Shares

नेपाली सेनाले विभिन्न ११ पदहरुमा २९४ जनाका लागि भर्ना खुला गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट परिपूर्ती गनुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपनली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

विभागले लेखा जमदार , पुजारी हुद्धा , अमल्दार , कर्मचारी , बन्दोबस्ती कार्य सिपाही लगायतका ११ पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक नेपालीले पुस २१ गते मंगलबार देखि माघ २१ गते बुधबार सम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर बुझाई माघ २८ गते कार्यालय समयभित्र आवेदन दिन सकिने विभागले जनाएको छ ।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ ।

दरखास्त फारम नारायणहिटी उत्तर तर्फको गेट श्री नेपाल क्याभल्रीको खेल मैदानमा वितरण र संकलन गरिने जनाइएको छ । यस सम्बन्धी सम्पूर्ण विवरण पुस २१ गतेको गोरखापत्र दैनिकमा हेर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।