शेयर बजारका बादशाह वारेन बफेटले शेयर बजारमा पैसा छाप्न अबलम्बन गरेका ५ टिप्स यस्ता

0
Shares

शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? वा लगानी गर्दै आउनु भएको छ भने वारेन बफेटका लगानीका सिद्धान्तहरुलाई पनि अनुशरण गरेको खण्डमा नाफा बढाउन सकिन्छ ।

वारेन बफेट २१ औं शताब्दीका सेयर बजारका महान् लगानीकर्ता हुन् । उनले शेयर बजारमा लगानी गरेर नै आफ्नो पहिचान बनाएका हुन् भने पूँजी बजारको गति अनुसार उपयुक्त निर्णय गर्ने र नाफा सुरक्षित गर्न सफल शेयर लगानीकर्ता पनि हुन् ।  बर्कशायर हाथवेका अध्यक्ष वारेन बफेटले आइसक्रिम तथा फास्ट फुड रेस्टुराँ डेरी क्विनमा कर्मचारीका रूपमा समेत काम गरेका थिए।

बफेटलाई विश्वभर शेयर बजारका बादशाह भनेर पनि चिनिन्छ । पछिल्ला दिनहरुमा विश्वका अधिकांश धितोपत्र बजारले हालसम्मकै उच्च बिन्दु निर्माण गरेको अवस्था छ । नेपाली धितोपत्र बजार पनि पुस १९ गते आइतबार हालसम्मकै उच्च विन्दु २१७५.४० बिन्दु कायम गरिसकेको छ ।

प्राथमिक बजारमा बढेको आकर्षणसँगै धितोपत्र बजार बढेसँगै शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या पनि दैनिक रुपमा बढ्दो छ । नेपालको सन्दर्भमा कुरा गर्दा पनि पछिल्लो प्रभु लाइफले साधारण शेयर निष्काशन गर्दा १० लाख ५० हजार बढी आवेदकले आवेदन दिएको अवस्था छ । यसले पनि बजारमा आएको सुधारका पछि लगानीकर्ताको चासो कस्तो छ भन्ने झल्किन्छ ।

१. बफेटले शेयर बजारमा लगानी गर्दा सबैभन्दा पहिला अरु लगानीकर्ता लोभि भएको अवस्थामा आफु डराउने र अरु डराएको अवस्था आफु लोभि हुनुपर्ने बताउँछन्

पछिल्लो समयमा कोरोना भाइरसका कारण अर्थतन्त्र विश्व अर्थतन्त्र नै अस्तव्यस्त रह्यो । कोरोना भाइरस पत्ता लगाएको सुरुका चरणमा विश्वका शेयर बजार समेत अस्वभाविक रुपमा घटे । तर, बफेटको उक्त भनाइलाई अनुशरण गर्ने लगानीकर्ताले लगानी बढाए ।

अहिले विश्वकै अर्थतन्त्र समस्यामा रहेको भएपनि शेयर बजारहरुले भने हरेक दिन नयाँ रेकर्ड बनाएको अवस्था छ । यो अवस्थामा कोरोनाका कारण सबै डराएको अवस्थामा लगानी गर्ने लगानीकर्ताले अहिले अस्वभाविक नाफा कमाएको अवस्था छ ।

२. बफेटले मूल्य कम भएको अवस्थामा सक्स हो वा स्टक सधै स्तरीय नै छनोट गर्थे

बफेट महङ्गा भनिएका शेयरमा बढी विश्वास गर्छन् । राम्रा शेयरको मूल्य धेरै पर्ने मात्र होइन प्रतिफल पनि उच्च हुन्छ । कोरोनाको सुरुवाती समयमा धितोपत्र बजारमा राम्रा भनेका शेयरको मूल्य पनि करिब ५० प्रतिशतसम्म घटेको थियो । यो अवसलाई सदुपयोग गर्ने लगानीकर्ताले अहिले उच्च नाफा कमाइरहेका छन् ।

३. बफेट भन्छन्–अवसर भनेको धेरै समय रहँदैन, त्यसैले आफ्नो लगानी सुरक्षित गर्ने तथा नाफा बुक गरिहाल्नुपर्छ

अवसर आएको समयमा त्यसको सदुपयोग गरिहाल्नुपर्छ । कोरोना सँगसँगै आर्थिक गतिविधि सुरु भएपछि पछिल्लो समयमा धितोपत्र बजारमा सूचीकत कम्पनीको शेयर मूल्य उच्च दरमा माथि चढेको अवस्था छ । यो बीचमा धेरैले प्रयाप्त नाफा गरेको अवस्था छ । यो समयमा साना तथा ठूला कम्पनी सबैमा लगानीकर्ताले नाफा गरेका छन् ।

४. बफेटका अनुसार शेयर बजारमा सक्रिय लगानीकर्ताबाट धैर्य लगानीकर्ता तर्फ पैसा स्थानान्तरण हुने गरी डिजाइन गरिएको हुन्छ

शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले धैर्य गर्न सक्नुपर्छ । शेयर बजार बढ्यो भने मात्तिने वा घट्दा आत्तिने गर्नु हुँदैन । बजारको उतार चढावमा हतार गरेर निर्णय गरेको खण्डमा नोक्सानी हुने जोखिम धेरै हुन्छ ।

कोरोनाको सुरुवातीमा धेरै लगानीकर्ताले शेयर बजार क्र्यास हुने भन्दै बिक्री गरे । तर, त्यस समयमा शेयर बिक्री नगरी होलड गरेर उपयुक्त समयको पर्खाइमा रहेका लगानीकर्ताले अहिले नाफा कमाएको अवस्था छ ।

५. बफेटका अनुसार शेयर बजारमा लगानी नगर्नु भनेको गल्ती हो

बफेटका अनुसार समयसँगै वस्तु तथा सेवाको मूल्य पनि बढ्दै जान्छ । महङ्गी पनि निरन्तर बढिरहेको छ । त्यसैले आजको पैसाले केही वर्ष खरीद गरेको वस्तु तथा सेवा खरीद गर्न सकिँदैन ।

त्यसैलै लगानी गर्न आवश्यक छ । ताकी तपाइले कम्तिमा पनि महङ्गीलाई आत्मसाथ गर्नसक्ने हुनुपर्छ । कोरोनाको सुरुवाती चरणमा शेयर बजारमा लगानी गर्नेले अहिले उल्लेख्य पैसा कमाएको अवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  १३ : १८ बजे