भिसामा कडाइ गर्दै बेलायत, यी भिसाका लागि आवेदन दिनेलाई पर्छ असर


काठमाडौँ । बेलायतले भिसामा कडाइ गर्ने भएको छ । वेलायतले आफ्नो देश आउने आप्रवासीहरूका लागि केही नयाँ कडा भिसा नियमहरू लागू गर्ने भएको हो ।

केही आप्रवासीहरूलाई देशमा प्रवेश पाउनका लागि अंग्रेजी भाषामा ‘ए–लेभल’ (उच्च माध्यमिक स्तर) को दक्षता अनिवार्य हुने बीबीसीले जनाएको छ ।यी नयाँ नियमहरू सन् २०२६ जनवरी ८ बाट लागू हुनेछन् ।

यसको असर केही ग्र्याजुएट आवेदनदातामा तथा ‘स्किल्ड वर्कर’ वा ‘स्केल–अप’ भिसाका लागि आवेदन गर्ने व्यक्तिहरूमा पर्ने जनाइएको छ ।

यी नयाँ नियम आप्रवासन घटाउने व्यापक योजनाकै एक अंश भएको बेलायत सरकारले जनाएको छ । । यसको विस्तृत रणनीति मे महिनामा सार्वजनिक गरिएको श्वेतपत्रमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।