विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५

सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज


काठमाडौँ । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश प्रदेशको महत्वपूर्ण बजार विरगञ्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको इलेक्ट्रिक एसयुभी दिपल एस०५ सार्वजनिक गरेको छ । बुधबार आयोजना गरिएको भव्य समारोहमा विरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नयाँ दिपल एस०५ लाई सार्वजनिक गरेका हुन् ।

बुधबार विरगञ्जमा सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो । दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।