काठमाडौँ । कामना सेवा विकास बैकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १२.९२ प्रतिशत बढेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो। असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशतले बढेर ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२० प्रतिशतले बढेर ८ करोड ४४ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशतले वृद्धि भइ ७५ करोड ४४ लाख ३५ हजार र सञ्चालन मुनाफा १०.८६ प्रतिशतले बढेर २८ करोड ४६ लाख २८ हजार रुपैयाँ पुगेको छ।
यता, बैंकको नाफा बढेपनि वितरणयोग्य मुनाफामा भने कमी आएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३५.५६ प्रतिशतले घटेर १३ करोड ५२ लाख २१ हजार रुपैयाँमा सििमत भएको छ ।
यस्तै, बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ। यता, बैंकको इम्पेरमेन्ट चार्ज ११ करोड ६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५३ पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ १ पैसामा झरेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.१८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।
बैंकले असोज मसान्तसम्म ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया