एक अर्ब ३४ करोड राजस्व चुहावटको कसुरमा १६ जनाविरुद्ध मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले एक अर्ब ३४ करोड राजस्व चुहावट गरेको कसुरमा १६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले झुट्टा तथा नक्कली भ्याट विल प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा १६ जना विरुद्ध एक अर्ब ३४ करोड ९५ लाख विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

विभागले राजस्व छलिमा संलग्न बारा जिल्ला सिमरा पिपरा वडा नं. १ वस्ने न्यू सयपत्री ईन्टरप्राईजेजका प्रोप्राईटर विवेक मगर समेत १३ वटा फर्मका संचालक, प्रोप्रईटरहरु तथा मुख्य कारोवारी मनिष कुमार समेत १५ जनाबाट एक अर्व २२ करोड २० लाख १९ हजार ९९ रुपैयाँ विगो मागदावी लिई मुद्दा दायर गरेको हो।

यस्तै नक्कली भ्याट विल प्रयोगगरी राजस्व छलि गर्ने सर्लाही जिल्ला बलरा गाउँपालिका वडा नं २ वस्ने संकित जेनेरल सप्लायर्सका संचालक सुवोध साहबाट १२ करोड ७५ लाख ५१ हजार ६१४ विगो मागदावी लिई मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७७, आइतबार  १५ : १७ बजे