दमक । यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै ५८ लाख ३ हजार आम्दानी भएको छ ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र ३० लाख २ हजार ४०० रुपैयाँ को टिकट बिक्री भएको हो । पहिलो सेमिफाइनलमा नै ५ लाख ५० हजार ७०० रुपैयाँ र अन्तिम सेमिफाइनल खेलमा ११ लाख ५ हजार ५०० रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।
पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राले बताए।












प्रतिक्रिया