नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओ पदमा खतिवडा नियुक्त

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा रामकृष्ण खतिवडा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका छन्।

बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृतको लागि प्राप्त आवेदनहरुमध्ये योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, विजनेश प्लान, विजनेश प्लानको प्रस्तुतिकरण एवं अन्तर्वार्ता समेतको मुल्यांकनबाट खतिवडालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले २०७७ पौष १० गते पदपूर्ति सम्बन्धी १५ दिने सार्वजनीक सूचना प्रकाशित गरेको थियो ।

बैंक संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम मिति २०७७ माघ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

खतिवडाले एमबिइस, एमएस, सिएफए, सिएचई समेतको अध्ययन पुरा गरी इन्फ्रास्ट्रक्चर फाइनान्समा विद्यावारिधि गर्दै रहेका छन् । त्यसैगरी उनीसँग एनआईविएल क्यापिटल मार्केट, जलविद्युत लगानी तथा विकास कम्पनीका का विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ ।

दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले यहि माघ २ गतेदेखि जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा ८ अर्ब ८ करोड कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्देछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।