नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सूचीकृत

0
Shares

एनआईसी बैंक (NICA) को १ करोड ८४ लाख ६३ हजार ५३३ दशमलव ९८ कित्ता बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार बैंकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस सूचीकृत गराएको हो ।

बोनस सूचीकृत भएसँगै उक्त बोनस धितोपत्रको दोस्रो बजारमा माघ ४ गते आइतबारदेखि खरीद बिक्रीमा आउनेछ ।

बैंकको मंसिर २१ गते सम्पन्न २३ औँ साधारण सभाले सञ्चालक समितिले आ.व. २०७६/०७७ बाट प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर तथा १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १० गते बुकक्लोज गरेको थियोे । यसअनुसार बुकक्लोज मितिको अघिल्लो दिन अर्थात मंसिर ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले उक्त बोनस शेयर पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।