अब बस टिकट खरिद तथा बुकिङ्गको भुक्तानी क्यूआर पेमेन्ट मार्फत

0
Shares

लक्ष्मी र्बैकले बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ । बैंकले लोहत्से बहुउदेश्यीय प्रा.लिमिटेडको सहभागितामा क्यूआर पेमेन्ट सेवा सुरुवात गरेको हो ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि/वालेट बाट क्यू आर गरि फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ ।

क्यू आरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा ततकाल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । क्यू आर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ ।

लक्ष्मी बैंकले विगतमा क्यु आर लाई अस्पताल, शपिङ्गमल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना-ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।