काठमाडौँ । साताको दास्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट कायम रहेको छ । बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका ३४७ कम्पनीका १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयरहरू ४१ हजार ६२७ पटक किनबेच हुँदा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन मंगलबार नेप्से १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ पुगेको थियो ।
बुधबार सानिमा क्याप लार्ज फण्डको इकाई मूल्य ३.२६ प्रतिशतले बढेको बजारमा कुमारी सबल योजनाको सेयर मूल्य ३.१७ प्रतिशत, लिबर्टी इनर्जीको सेयर मूल्य ३.०७ प्रतिशतले बढेको छ ।
यता, एभरेष्ट कलरको सेयर मूल्य ८.६३ प्रतिशतले घट्दा सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.६५ प्रतिशत, भिजन लुम्बिनी ऊर्जाको सेयर मूल्य ५.४९ प्रतिशत, सिजर्नशील लघुवित्तको सेयर मूल्य ४.५८ र चिर्खवा हाइड्रोपावरको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा रिलाइन्स स्पिनिङ मिल्स ३२ करोड २४ लाख १० हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा लिबर्टी इनर्जी ३ लाख ७२ हजार १३३ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा बेनी हाइड्रोपावर २ हजार २१० पटकको कारोबार सहित शर्षिस्थानमा रहेको छ ।







