काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि सात्रधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने १५ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।
उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्यापिटलको कार्यालय आज (मंगलबार) सम्झौता भएको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया