काठमाडौँ । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई आइपिओ जारी गर्ने भएको छ । कम्पनीले २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको हो ।
कम्पनीले ६ लाख ४४ हजार कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
आज बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेडको कार्यालयमा एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।












प्रतिक्रिया