घोराही सिमेन्टको लाभांश घोषणा


काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको लाभांश घोषणा भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी कुल १०.५२ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले यो निर्णय गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले आगामी पुस १४ गते होटल पौवा, घोराही उपमहानगरपालिका–१५ मा साधारणसभा बोलाएको छ ।

लाभांश तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर २६ गते (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार मंसिर २५ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको साधारण सभा र लाभांश वितरण प्रक्रियामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।