मुक्तिनाथ विकास बैंकको खुद नाफा साढे ६१ करोड, लाभांश क्षमता ११ प्रतिशत

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६१ करोड ५५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विकास बैंकहरुमध्ये अधिकांश सूचकहरुमा एक नम्बर रहँदै आएको बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ३०.२८ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

चालु आवको ६ महिना अवधिमा बैंकको वितरणयोग्य नाफा ५५ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको छ । बैंकको दोस्रो त्रैमाससम्म आर्जन नाफाका आधारमा यसबाट बैंकले शेयरधनीलाई १०.९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५१ हजार रुपैयाँ रहेको बैंकको नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी ३.७४ रुपैयाँले बढेर वार्षिक २५.५९ रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म बैंकले ७४ अर्ब ८७ करोड २२ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड ४० लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब १६ करोड २४ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको गरेको छ ।

बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ र शेयरधनी कोषमा ५३ करोड २६ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १३०.४६ रुपैयाँ, पूँजीकोष अनुपात ११.८९ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.३० प्रतिशत, आधार दर ८.३८ प्रतिशत र स्प्रेडदर ४. ९९ प्रतिशत र मूल्य आम्दानी अनुपात १४.७३ गुणा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।