यमाहा नेपालद्धारा ‘यमाहा ब्लू क्याम्प’ को घोषणा

देशव्यापी सर्भिस सप्ताह मार्फत् हरेक यामाहा राइडरले सेवा लिन सक्ने


काठमाडौँ । एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालले ‘यमाहा ब्लू क्याम्प’ को घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ औपचारिक रूपमा सुरु गरेको हो ।

मंसिर २१ देखि २७ गते ९डिसेम्बर ७ देखि १३० सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधासहित प्रिमियम सर्भिसको अनुभव लिन आमन्त्रित गरेको छ।

यामाहाको विश्वस्तरीय आफ्टर(सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता अनुरुप सुरु भएको ‘यामाहा ब्लू क्याम्प’ ले हरेक यामाहा मोटरसाइकल र स्कूटरले उत्कृष्ट कार्यसम्पादन गरोस् भन्ने सुनिश्चित गर्दछ। अभियान सप्ताहको अवधिभर हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।

अभियानमा ग्राहकहरुले निशुल्क बाइक वाश, १५ प्वाइन्ट विस्कृत चेकअप, यामाल्युबमा १५ प्रतिशत, स्पेयर पार्टसमा १० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुट जस्ता सुविधाहरूको लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

यामाहाले ग्राहकहरूका लागि विशेष उपहार पनि ल्याएको छ । सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । यो अफरले यामाहा राइडरहरूले विशेषज्ञ सेवा मात्र नभई, आफ्नो भिजिटको कुल लागतमा पूर्ण राहत पाउने मौका पनि सुनिश्चित गरेको छ।

अभियानका बारेमा बोल्दै एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘यामाहा सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिस प्रदान गरेर आफ्ना ग्राहकहरूसँग दीर्घकालीन विश्वास निर्माण गर्ने कुरामा विश्वास गर्दछ।

‘यामाहा ब्लू क्याम्प’ मार्फत हामी हाम्रा राइडरहरूलाई उहाँहरूको सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति सुनिश्चित गर्ने एक परिष्कृत सर्भिस अनुभव दिन चाहन्छौँ। यो पहल हाम्रो यामाहा परिवारलाई कदर गर्ने र हरेक यात्रालाई सहज, रोमाञ्चक र चिन्तामुक्त राख्ने हाम्रो आफ्नै तरिका हो।’

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।