काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ।










प्रतिक्रिया