स्वास्थ्य कार्यालय दार्चुलामा १३ जनाका लागि खुल्यो जागिर

0
Shares

स्वास्थ्य कार्यालय दार्चुलाले विभिन्न पदहरुमा १३ जना कर्मचारीको माग गरेको छ।

स्वास्थ्य कार्यालयले २०७८ साल असार मसान्त सम्मका लागि सामुदायिक स्वास्थय अधिकृत ३ जना, हेल्थ असिस्टेन्ट २ जना, ल्याव टेक्निसियन २ जना, स्टाफ नर्स ५ जना र योग प्रशिक्षक १ जना गरि जम्मा १३ जना कर्मचारी राख्ने भएको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले माघ ११ गते देखि माघ १८ गते आइतबार सम्म आवेदन दिन सक्ने छन्।

आवेदन फारम स्वास्थ्य कार्यालय दार्चुलाबाट प्राप्त गर्न सकिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।